Dhulikhel Eco Banner new

५५ लाख कित्ता आईपीओ निष्कासन गर्दै गोरक्ष हाइड्रोपावर

1.17K
shares

काठमाडौं, ३१ जेठ । गोरक्ष हाइड्रोपावर लिमिटेडले सर्वसाधारणमा आईपीओ निष्कासन गर्ने भएको छ । जेठ २९ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले आईपीओ निष्कासन गर्ने प्रस्तावसहित असार १५ गते विशेष साधारण सभा गर्ने निर्णय गरेको हो । सभा काठमाडौंको बत्तीसपुतलीस्थित होटल इम्पेरियलमा बिहान १० बजे शुरु हुनेछ ।

कम्पनीले प्रबन्धपत्र संशोधन गर्दै हाल कायम अधिकृत पूँजी १ अर्ब ८० करोड र सोही रकम बराबर रहेको जारी पूँजीलाई बढाएर २ अर्ब २० करोड रुपैयाँ कायम गर्ने प्रस्ताव गरेको छ । जारी पूँजीमध्ये संस्थपक समूहतर्फ हाल कायम स्वामित्व घटाएर ७५ प्रतिशत र सर्वसाधारणतर्फ २० प्रतिशतलाई बढाएर २५ प्रतिशत कायम गर्ने प्रस्तावलाई पनि सभाले अन्तिम स्वीकृति प्रदान गर्नेछ ।

यस आधारमा कम्पनीले जारी पूँजी २ अर्ब २० करोड रुपैयाँको २५ प्रतिशतले हुन आउने ५५ करोड रुपैयाँ बराबरको ५५ लाख कित्ता आईपीओ सर्वसाधारणमा निष्कासन गर्नेछ । आईपीओ निष्कासनका लागि आवश्यक सम्पूर्ण कामको जिम्मेवारी सभाले सञ्चालक समितिलाई प्रदान गर्नेछ ।

यस कम्पनीले धादिङ जिल्लाको रुबी भ्याली गाउँपालिकामा रहेको तातोपानी खोलको पानी उपयोग गरेर २५ दशमलव ४ मेगावाट क्षमताको सुपर आँखु खोला जलविद्युत आयोजना निर्माण गरिरहेको छ ।