पूर्वाधार मन्त्रालयले यो वर्ष १० खर्बको टेन्डर खुलाउने
वि.सं.२०८३ असार ४ बिहीवार १५:०१
shares

काठमाडौं, ४ असार । पूर्वाधार मन्त्रालयले यो वर्ष १० खर्बको टेन्डर खुलाउने भएको छ । प्रतिनिधि सभामा विनियोजन विधेयकमा मन्त्रालयगत छलफलमा जवाफ दिँदै पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले यस वर्ष १० खर्बको टेन्डर खुलाउने बताएका हुन् ।
उनले अहिले मन्त्रालयको बजेट २ खर्ब ८६ अर्ब रुपैयाँ मात्रै भए पनि तीन वर्षका लागि एकै पटक टेन्डर गर्न लागिएको बताए। टेन्डर गर्दा चालु वर्षकै दररेटमा गर्ने र मूल्य वृद्धिका आधारमा यसलाई स्वतः समायोजनको व्यवस्था गरिनेछ ।
पहिलो ६ महिना टेन्डरकै लागि समय लाग्ने भएकोले यो वर्ष बजेट कम देखिएको हो । तीन वर्षको ठेक्का एकै पटक लगाउँदा २०/२२ महिना लाग्ने समय ६/७ महिनामा सकिएर समयको बचत हुनेछ ।














