Dhulikhel Eco Banner new

लघुवित्त क्षेत्र सुधारोन्मुख, खराब कर्जा घट्दै : विष्णु प्रसाद ढकाल

780
shares

संगिता घोरासैनी

काठमाडौं,१० असार । गणपती लघुवित्तय वित्तिय संस्थाका प्रमुख कार्यकारी अधिकृत सिईओले क्षेत्रको अवस्था क्रमश सुधारोन्मुख बन्दै गएको बताएका छन् ।
केटिएम भ्वाइससंगको कुराकानीमा सिईओ विष्णु प्रसाद ढकालका अनुसार पहिलेको तुलानामा खराब कर्जा घट्दै गएको छ । भने समग्र वित्तिय सुचकहरुमा पनि सकरात्मक सुधार देखिन थालेको छ ।

ढकालले राष्ट्र बैंकले वित्तीय क्षेत्रमा सहजीकरणका विभिन्न कदम चालिरहेको उल्लेख गर्दै त्यसको सकारात्मक प्रभाव लघुवित्त क्षेत्रमा समेत परेको बताए। उनले आगामी दिनमा थप नीतिगत सहजीकरण भए वित्तीय गतिविधि अझ सहज बन्ने विश्वास व्यक्त गरे।

उनका अनुसार हाल लघुवित्त क्षेत्रमा कुनै उल्लेखनीय समस्या देखिएको छैन। यद्यपि कर्जा विस्तारको गति भने अपेक्षाअनुसार हुन नसकेको र केही सुस्तता कायम रहेको उनले बताए।

देशको समग्र आर्थिक अवस्था सुधारतर्फ उन्मुख रहेकाले त्यसको सकारात्मक प्रभाव लघुवित्त क्षेत्रमा पनि देखिन थालेको ढकालको भनाइ छ। उनले लघुवित्त क्षेत्रमा आन्दोलन तथा असन्तुष्टिका गतिविधि उल्लेख्य नरहेको र केही स्थानमा मात्र छिटफुट रूपमा देखिएको बताए।

“हाम्रो कार्यक्षेत्रमा अवस्था सामान्य र सन्तोषजनक छ,” उनले भने, “आगामी दिनमा आर्थिक गतिविधि थप चलायमान बन्दै जाँदा कर्जा प्रवाह तथा वित्तीय कारोबारमा समेत सुधार आउने अपेक्षा गरेको उनले बताए ।