Dhulikhel Eco Banner new

सुनको मुल्य घट्यो, हेर्नुस् कतिमा हुदैछ कारोबार ?

1.98K
shares

काठमाडौं, १६ असार । स्थानीय बजारमा मंगलवार सुनको मुल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलवार सुनको मूल्य ४ हजार ५ सयले घटेको छ।

महासंघका अनुसार सोमवार प्रतितोला २ लाख ८२ हजार ४ सयमा कारोबार भएको सुन मंगलवार घटेर प्रतितोला २ लाख ७७ हजार ९ सयमा कायम भएको छ ।

त्यसैगरी, मंगलवार चाँदीको मूल्य २५ रुपैयाँले घटेको छ । सोमवार प्रतितोला ४ हजार ३ सय १० रुपैयाँमा कायम भएको चाँदी मंगलवार ४ हजार २ सय ८५ रुपैयाँमा कायम भएको हो ।