दोहोरो अंकले घट्यो शेयर बजार, कारोबार रकम बढ्यो
वि.सं.२०८३ असार १६ मंगलवार १५:०४
shares

काठमाडौं, १६ असार । मंगलवार शेयर बजार दोहोरो अंकले घटेको छ । शेयर बजार २४.६३ अंकले घटेर २६०८.३३ बिन्दुमा कायम भएको छ ।
शेयर बजारमा ३५ कम्पनीको शेयर मूल्य बढेको छ भने २३५ कम्पनीको शेयर मूल्य घटेको छ भने ५ कम्पनीको स्थिर रहेको छ । यसदिन ३अर्ब २५ करोड कारोबार भएको हो ।
दोहोरो अंकले घटेको शेयर बजारमा स्नो रिभर्स लिमिटेडका लगानीकर्ताले सर्वाधिक कमाएका छन् । उक्त कम्पनीका लगानीकर्ताले १४.९९ प्रतिशतका दरले कमाएका छन् ।
त्यसैगरि टक्सार पिखुवा खोला हाइड्रोपावर लिमिटेडका लगानीकर्ताले सर्वाधिक गुमाएका छन् । उक्त कम्पनीका लगानीकर्ताले १४.०३ प्रतिशतका दरले गुमाएका छन् ।


















