कामना सेवा विकास बैंकको संस्थापक शेयर बिक्रीमा
वि.सं.२०८३ असार १८ बिहीवार १२:०३
754
shares
shares

काठमाडौं, १८ असार । कामना सेवा विकास बैंकले आजदेखि संस्थापक शेयर बिक्रीमा राखेको छ। बैंकले विभिन्न संस्थापक शेयरधनीको नाममा रहेको ५ हजार कित्ता शेयर बिक्रीमा राखेको हो ।
बैंकले साविक शेयरधनीले मात्रै खरिद गर्न मिल्ने गरी सो शेयर बिक्रीमा ल्याएको हो। सो शेयर खरिद गर्न इच्छुक बैंकका विद्यमान संस्थापक शेयरधनीले यो सूचना प्रकाशित भएको आजको मितिले ३५ दिन भित्र बैंकको केन्द्रीय कार्यालयमा आवेदन दिन सक्नेछन्।



















