दक्षिण एसियामा सांस्कृतिक संरक्षणका लागि ब्रिटिस काउन्सिलको अनुदान आवेदन खुला
वि.सं.२०८३ असार १८ बिहीवार १६:२३
shares

काठमाडौं, १८ असार । खासगरी द्धन्द्ध र जलवायु परिवर्तनका कारण जोखिममा परेका साँस्कृतिक सम्पदाको संरक्षणका लागि नेपालसहित १७ वटा देशमा नयाँ चरणको अनुदान सहायता दिने घोषणा गर्न पाउँदा ब्रिटिस काउन्सिलको साँस्कृतिक संरक्षण कोष (सिपिएफ) खुशी व्यक्त गर्दछ ।
साँस्कृतिक संरक्षण कोष (कल्चरल प्रोटेक्सन फन्ड) नेपालमा सञ्चालन भएको १० बर्ष पुरा भएको छ । र,यहाँका समुदायलाई सशक्त बनाउन तथा इतिहास र उनीहरुको पहिचानका साथै आपसी सम्बन्धसँग प्रत्यक्ष रुपमा जोडिएका सम्पदाको संरक्षणका लागि सहयोग गरिरहेको छ । नेपालमा यस कोषमार्फत्सञ्चालित परियोजना मैथिली महिलाले तयार पार्ने कलात्मक भित्तेचित्र र मूर्तिकलाको संरक्षण र पुनर्जीवनका लागि जनकपुर महिला विकास केन्द्र अनुदान रकम पाउण्ड स्टर्लिङ ५०,००० शे–फोक्सुन्डो राष्ट्रिय निकुञ्ज (डोल्पा) को उच्च हिमाली क्षेत्रको सांस्कृतिक सम्पदा संरक्षणका लागि अनुदान रकम ।
पाउन्ड स्टर्लिङ ३६,९०८ कुसुन्डा जातिकोभावी पुस्ताका लागि भाषा र संस्कृतिको संरक्षणका लागि अर्काइ नेपालअनुदान रकमः पाउन्ड स्टर्लिङ ४५,९६३ नेपालमा आदिवासी खाद्य सम्पदाको संरक्षणका लागि राष्ट्रिय आदिवासी महिला महासंघ अनुदान रकमः पाउन्ड स्टर्लिङ ५०,००० अनुदान घोषणाको अवसरमा ब्रिटिस काउन्सिल नेपालका राष्ट्रिय निर्देशक स्तम मोदीले भने“सांस्कृतिक सम्पदाले समुदायका कथा, प्रचलित परम्परा र पहिचान बोकेकोले यिनको संरक्षण आगामीपुस्ताका लागि निकै महत्वपूर्ण छ ।
हामीले बढीमा पाउन्ड स्टर्लिङ ५००,००० सम्मका अनुदानमार्फतसांस्कृतिक सम्पदा संरक्षणमा काम गर्ने व्यक्ति र संस्थालाई सहयोग गर्न लक्ष्य राखेका छौ । यसका साथैउनीहरुको सीप विकास र अन्तर्राष्ट्रिय जगत्मा सम्बन्ध विस्तार तथा साँस्कृतिक संरक्षणको भविष्यनिर्माणमा व्यक्ति र संस्थालाई नेतृत्वदायी भूमिका निर्वाह गर्न सक्ने बनाउन चाहन्छौं ।
आवेदनका लागि निर्धारित मितिःमाथि उल्लेखित अनुदानका लागि इच्छुक व्यक्ति वा संस्थाले २० जुलाई २०२६, सोमबार राति ११ः५९बजेसम्ममा आवेदन दिनुपर्नेछ । आवेदन पेश गर्नुअघि कल्चरल प्रोटेक्सन फन्डको वेवसाइटमा उपलव्धआधिकारिक आवेदन निर्देशिका तथा विस्तृत रुपमा व्याख्या गरिएको बारम्बार सोधिने प्रश्न राम्ररी ध्यानपूर्वक अध्ययन गर्न आग्रह गरिन्छ ।
अनुदान र योग्यताप्रस्तावित परियोजनाले निम्न देशहरुमा जोखिममा रहेका सांस्कृतिक सम्पदाको संरक्षण गर्नुपर्ने सर्त राखिएको छ । दक्षिण एसियाः बंगलादेश, नेपाल, पाकिस्तान मध्यपूर्व र उत्तरी अफ्रिका क्षेत्रः इजिप्ट, इराक, जोर्डन, लेबनान, लिबिया, प्यालेस्टाइन, सिरिया,ट्युनिसिया वा यमन पूर्वी अफ्रिकाः इथियोपिया, केन्या, सुडान, तान्जानिया वा युगान्डा इच्छुक संस्थाले पाउन्ड स्टर्लिङ ५००,००० सम्मकोअनुदानका लागि आवेदन दिन सक्ने व्यवस्था गरिएकोछ ।
आवेदनसम्बन्धी निर्देशिका र आवेदन दिनका लागि लिंक थाहा पाउन ब्रिटिस काउन्सिलको कल्चरलप्रोटेक्सन फन्डको वेवसाइटमा हेनु । कल्चरल प्रोटेक्सन फन्डबारे साँस्कृतिक संरक्षण कोष जोखिममा परेको साँस्कृतिक सम्पदाको संरक्षणकालागि संयुक्त अधिराज्य (युके) ले अघि सारेको एक प्रमुख अन्तर्राष्ट्रिय पहल हो ।
संयुक्त अधिराज्यको संस्कृति, मिडिया र खेलकुद सम्बन्धी मन्त्रालय सँगको साझेदारीमा ब्रिटिस काउन्सिलको नेतृत्वमा सञ्चालित यस कोषले सन् २०१६ देखि२० वटा देशमा १ सय ६० वटा परियोजनालाई सहयोग उपलव्ध गराएको छ । यस कोषले विश्वमा सबैभन्दा चुनौतीपूर्ण परिस्थितिको समेत सामना गरिरहेका समुदायमा साँस्कृतिक सम्पदाले उनीहरुलाईसशक्त तुल्याउन निरन्तर योगदान दिनेछ भन्ने सुनिश्चित गरेको छ । ब्रिटिस काउन्सिलबारेब्रिटिस काउन्सिल संयुक्त अधिराज्य (युके) को साँस्कृतिक र शैक्षिक गतिविधिका लागि क्रियाशीलअन्तराष्ट्रिय संस्था हो ।
ब्रिटिसकाउन्सिलले संयुक्त अधिराज्य र अन्य देशका नागरिकबीच सम्वन्ध विस्तार गर्दै, एक–अर्काको बुझाइलाई परिस्कृत गर्दै तथा आपसी विश्वास र भरोसा निर्माण गर्दै शान्ति र समृद्धिका
लागि सहयोग गर्दछौं । उक्त कार्य हामीले कला, संस्कृति, शिक्षा र अंग्रेजी भाषासम्बन्धी कार्यक्रममार्फत गरिरहेका छौं । हामी २ सय भन्दा बढी मुलुक र भूभागका नागरिकसँग काम गर्छौं । सन् २०२४–२०२५मा ब्रिटिस काउन्सिल ६०० मिलियन व्यक्तिसमक्ष पुगेको छ ।



















