क्रेस्ट माइक्रो लाइफको अध्यक्षमा योगेश नेपाल
वि.सं.२०८३ साउन १६ शनिवार १०:०४
11.52K
shares
shares

काठमाडौं, १६ साउन । क्रेस्ट माइक्रो लाइफ इन्स्यारेन्स कम्पनीको सञ्चालक समितिमा योगेश कुमार नेपाल चयन भएका छन् । संस्थापक समूहबाट प्रतिनिधित्व गर्दै नेपाल अध्यक्षमा चयन भएका हुन् ।
बीमा प्राधिकरणका अनुसार नवनियुक्त अध्यक्ष नेपालले शुक्रबार पद तथा गोपनियताको सपथ समेत लिएका छन् । नेपाल लाइफ इन्स्योरेन्स, प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स लगायतका संस्थामा करिब २ दशक लामो समय काम गरेको अनुभव नेपालसँग रहेको छ ।
















