Dhulikhel Eco Banner new

साउनमा फेरि घट्यो बैंकहरूको बेस रेट, यी बैंकले दिन्छन् सस्तो ब्याजदरमा कर्जा

936
shares

काठमाडौं,१७ साउन । वाणिज्य बैंकहरुको आधारमा दर बेस रेट घटने क्रममा साउन महिनामा पनि जारि रहेको छ ।

बैंक प्रणलीमा लगानीयोग्य रकम तरलता प्रश्स्त भएपनि कर्जाको माग अपेक्षाअनुसार बढ्न नसक्दा बैंकहरूले निक्षेपसँगै आधार दर पनि क्रमशः घटाइरहेका छन्। यसको प्रत्यक्ष प्रभाव कर्जाको ब्याजदरमा समेत देखिएको छ।

हाल बैंकहरूले कर्जाको प्रकार, अवधि र ग्राहकको जोखिम मूल्यांकनका आधारमा आधार दरमा निश्चित प्रिमियम थपेर अन्तिम ब्याजदर निर्धारण गर्दै आएका छन्। त्यसैले आधार दर कम भएका बैंकबाट ऋण लिँदा ब्याजको लागत पनि तुलनात्मक रूपमा कम पर्ने सम्भावना रहन्छ।

साउन महिनामा सबैभन्दा कम आधार दर राष्ट्रिय वाणिज्य बैंकको ४.१७ प्रतिशत रहेको छ। त्यसपछि स्ट्यान्डर्ड चार्टर्ड बैंक ४.२१ प्रतिशत, एभरेष्ट बैंक ४.३८ प्रतिशत, नबिल बैंक ४.४४ प्रतिशत र नेपाल बैंक ४.५० प्रतिशत आधार दरसहित रहेका छन्। कम आधार दरका कारण यी बैंकहरूबाट तुलनात्मक रूपमा सस्तो ब्याजदरमा कर्जा प्राप्त गर्न सकिने अवस्था देखिन्छ।

त्यसैगरी नेपाल इन्भेस्टमेन्ट मेगा बैंकको आधार दर ४.६४ प्रतिशत, ग्लोबल आइएमई बैंकको ४.७५ प्रतिशत, कृषि विकास बैंकको ४.७९ प्रतिशत तथा सानिमा बैंकको ४.९२ प्रतिशत कायम भएको छ।

यता प्रभु बैंक, माछापुच्छ्रे बैंक, सिटिजन्स बैंक, सिद्धार्थ बैंक, प्राइम बैंक, एनएमबी बैंक, लक्ष्मी सनराइज बैंक, कुमारी बैंक, हिमालयन बैंक, नेपाल एसबीआई बैंक र एनआईसी एशिया बैंकको आधार दर ५ प्रतिशतभन्दा माथि रहेको छ।

उच्च आधार दर भएका बैंकमध्ये एनआईसी एशिया बैंक ५.९१ प्रतिशतसहित सबैभन्दा माथि रहेको छ भने नेपाल एसबीआई बैंकको आधार दर ५.२१ प्रतिशत रहेको छ।

ग्राहकले तिर्नुपर्ने अन्तिम ब्याजदर आधार दर मात्रै नभई बैंकले थप्ने प्रिमियम, कर्जाको प्रकृति तथा अन्य सेवा शुल्कमा पनि निर्भर रहने भएकाले ऋण लिनुअघि यी पक्षको तुलना गर्नु गर्छ । जस कारण ग्राहकले यी बैंकबाट ऋण लिदा बढी ब्याज तिर्नुपर्ने हुन सक्छ ।