आईएमई लाइफको बिजनेस एक्सिलेन्स अवार्ड नाइट सम्पन्न, उत्कृष्ट अभिकर्ता पुरस्कृत
वि.सं.२०८३ साउन १७ आइतवार १७:३१
shares

काठमाडौं, १७ साउन । आईएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले अभिकर्ताको योगदानको कदर गर्दै ‘आईएमई लाइफ बिजनेस एक्सिलेन्स अवार्ड नाइट–२०२६’ सम्पन्न गरेको छ। अभिकर्तालाई थप हौसला प्रदान गर्ने उद्देश्यले आयोजित कार्यक्रममा उत्कृष्ट व्यवसाय प्रदर्शन गर्ने तथा सर्वाधिक बीमालेख जारी गर्ने अभिकर्तालाई विभिन्न विधामा सम्मान गरिएको हो।
काठमाडौंस्थित होटल याक एन्ड यतीमा शुक्रबार आयोजित कार्यक्रममा ३५० भन्दा बढी अभिकर्ताको सहभागिता रहेको थियो। आर्थिक वर्ष २०८२र८३ मा उत्कृष्ट कार्यसम्पादन गर्ने अभिकर्तालाई अवार्ड तथा सम्मानपत्र प्रदान गरिएको कम्पनीले जनाएको छ।
कार्यक्रममा आईएमई समूहका प्रबन्ध निर्देशक हेमराज ढकाल, आईएमई लाइफका सञ्चालक समितिका अध्यक्ष डा। रामहरि अर्याल, सञ्चालकहरू, उच्च व्यवस्थापनका अधिकारी तथा अभिकर्ताहरूको उपस्थिति रहेको थियो।
कार्यक्रमलाई सम्बोधन गर्दै कम्पनीका नायब प्रमुख कार्यकारी अधिकृत खिलेन्द्र पौडेलले अभिकर्ताको योगदान नै कम्पनीको सफलताको मुख्य आधार रहेको बताए। उनले अभिकर्ताको क्षमता विकास, उत्प्रेरणा अभिवृद्धि र व्यवसायिक दक्षता बढाउन यस्ता कार्यक्रमलाई निरन्तरता दिइने उल्लेख गरे।
उनले प्रविधिको प्रयोगमार्फत कम्पनीले सेवा विस्तार गरिरहेको जानकारी दिँदै आगामी दिनमा अझ आधुनिक डिजिटल प्रणालीमार्फत अभिकर्ताको कामलाई सहज र प्रभावकारी बनाउने प्रतिबद्धता व्यक्त गरे।
आईएमई समूहका प्रबन्ध निर्देशक हेमराज ढकालले पछिल्ला आठ वर्षमा आईएमई लाइफले उल्लेखनीय प्रगति हासिल गरेको बताए। उनले डिजिटल प्रविधिको उपयोगमार्फत कम्पनीले सेवा प्रवाहमा नयाँ आयाम थप्दै गएको उल्लेख गरे।
त्यस्तै, कम्पनीका सञ्चालक समितिका अध्यक्ष डा। रामहरि अर्यालले बीमा अभिकर्ताले बीमा बिक्रीकर्ताको मात्र नभई बीमा परामर्शदाताको भूमिका निर्वाह गर्नुपर्ने बताए। अभिकर्ताको व्यावसायिक क्षमता अभिवृद्धिका लागि कम्पनीले थप तालिम तथा सीप विकास कार्यक्रम सञ्चालन गर्ने उनले जानकारी दिए।
कम्पनीका प्रमुख कार्यकारी अधिकृत पवन खड्काले आर्थिक वर्ष २०८२र८३ मा कम्पनीले हासिल गरेको व्यवसायिक उपलब्धिमा अभिकर्ताको भूमिका महत्वपूर्ण रहेको बताए। उनले उत्कृष्ट कार्य गर्ने अभिकर्तालाई प्रोत्साहन गर्न नयाँ योजना ल्याउँदै समयअनुकूल सेवा सुधार, डिजिटल विस्तार र व्यवसायिक सुदृढीकरणमा कम्पनी केन्द्रित रहेको बताए।
कार्यक्रममा उत्कृष्ट कार्यसम्पादन गर्ने तथा सर्वाधिक बीमालेख जारी गर्ने अभिकर्तालाई विभिन्न विधामा अवार्ड प्रदान गरिएको थियो। सम्मानित अभिकर्तालाई आईएमई समूहका प्रबन्ध निर्देशक हेमराज ढकाल, अध्यक्ष डा। रामहरि अर्याल तथा सञ्चालकहरू विनोद केसी, उषा ढकाल, सुनीलकुमार पोखरेल र सन्दीप अग्रवाललगायतले पुरस्कार तथा सम्मानपत्र प्रदान गरेका थिए।
















