Dhulikhel Eco Banner new

सावधिक जीवन बीमाले तोड्यो रु. ८२ अर्बको आँकडा, अन्य योजनाको योगदान कति ?

559
shares

काठमाडौं, १९साउन । गत आर्थिक वर्षमा जीवन बीमा व्यवसाय गर्ने १४ जीवन बीमा र तीन लघु जीवन बीमा कम्पनीहरूले विभिन्न बीमालेखहरू जारी गरी २ खर्ब ४ अर्ब ५९ करोड ७१ लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेका छन् ।

जसमध्ये सबैभन्दा धेरै सावधिक जीवन बीमाबाट ८२ अर्ब ६२ करोड १ लाख रुपैयाँ बीमाशुल्क संकलन भएको छ भने दोस्रोमा अग्रिम भुक्तानी सावधिक जीवन बीमाबाट ३७ अर्ब ६७ करोड २१ लाख रुपैयाँ र तेस्रोमा बालबच्चा सम्बन्धी सावधिक जीवन बीमाबाट ३३ अर्ब ८२ करोड ८५ लाख रुपैयाँ बीमाशुल्क संकलन भएको छ ।

त्यसपछि रुपान्तरित सावधिक जीवन बीमाबाट २३ अर्ब ९६ करोड ४५ लाख रुपैयाँ, एकल बीमाशुल्क जीवन बीमाबाट ९ अर्ब ८८ करोड ७२ लाख रुपैयाँ, आजीवन जीवन बीमाबाट ४ अर्ब २७ करोड ३२ लाख रुपैयाँ र अन्य जीवन बीमाबाट ३ अर्ब ६३ करोड ५१ लाख रुपैयाँ बीमाशुल्क संकलन भएको छ ।

त्यसैगरी लघु जीवन बीमाबाट ३ अर्ब ५४ करोड १९ लाख रुपैयाँ, वैदेशिक रोजगार म्यादि जीवन बीमाबाट ३ अर्ब ३६ करोड ७० लाख रुपैयाँ र म्यादि जीवन बीमाबाट १ अर्ब ८० करोड ७० लाख रुपैयाँ कुल बीमाशुल्क संकलन भएको नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको तथ्यांकले देखाएको छ ।

यसैलाई प्रदेशगत रूपमा हेर्दा सबैभन्दा धेरै बागमती प्रदेशबाट ८६ अर्ब ९६ करोड १५ लाख रुपैयाँ, लुम्बिनी प्रदेशबाट ३३ अर्ब २२ लाख रुपैयाँ, कोशी प्रदेशबाट २५ अर्ब १६ करोड ५४ लाख रुपैयाँ, गण्डकी प्रदेशबाट २१ अर्ब ३० करोड ४६ लाख रुपैयाँ, मधेश प्रदेशबाट १९ करोड १३ लाख रुपैयाँ, सुदूरपश्चिम प्रदेशबाट १२ करोड ८१ लाख ९२ हजार रुपैयाँ र कर्णाली प्रदेशबाट ६ अर्ब २१ करोड ३८ लाख रुपैयाँ कुल बीमाशुल्क संकलन भएको छ ।