Dhulikhel Eco Banner new

नाट्टा निर्वाचन : भरत जंग पाण्डेको नेतृत्वमा ‘भरत एण्ड टिम’ मैदानमा, सशक्त पर्यटन विकासको एजेन्डा सार्वजनिक

221
shares

काठमाडौं, २१ साउन । नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को ५९औँ वार्षिक साधारणसभासँगै सम्पन्न हुने २५औँ कार्यसमिति निर्वाचनका लागि पर्यटन व्यवसायी भरत जंग पाण्डेको नेतृत्वमा ‘भरत एण्ड टिम’ले आफ्नो उम्मेदवार प्यानल सार्वजनिक गरेको छ।

आगामी अगस्ट १४, २०२६ मा हुने निर्वाचनलाई लक्षित गर्दै टोलीले “सशक्त नाट्टा, समृद्ध पर्यटन स् सदस्यसँगै, सदस्यका लागि” भन्ने मूल नारासहित चुनावी अभियान सुरु गरेको हो।

अध्यक्ष पदका उम्मेदवार भरत जंग पाण्डे एभरेष्ट मिरेकल ट्राभल्स एण्ड टुर्सका सञ्चालक हुनुहुन्छ। उहाँको नेतृत्वमा गठित प्यानलमा वरिष्ठ उपाध्यक्ष पदका लागि सोसाइटी ट्राभल सर्भिसका सुनिल शर्मा, उपाध्यक्षमा एरो ट्राभल एण्ड टुर्सकी सबिता केसी भट्टराई, महासचिवमा वर्ल्ड फेभर ट्राभल एण्ड टुर्सका राजकुमार देवकोटा, सचिवमा रुपसे होलिडेजका रमेश पराजुली, कोषाध्यक्षमा थामसेर्कु ट्राभलकी डिकी शेर्पा तथा सह–कोषाध्यक्षमा ह्याम्लेट टुर्स एण्ड ट्राभल्सका जीवन कोइरालाले उम्मेदवारी दिएका छन्।

कार्यसमिति सदस्य पदका उम्मेदवारहरूमा रोयल ट्राभल्स एण्ड टुर्सका दिनानाथ पाण्डे ९प्रकाश०, शुभम् ट्राभल्स एण्ड टुर्सका दिनेश मैनाली, सोदिप ट्राभल एण्ड टुर्सका दीपक मरासिनी, ८ आइज ट्राभल एण्ड टुर्सका नबिन गुरुङ, प्रभास ट्राभल एण्ड टुर्सका प्रकाश लोहनी, आर्य भिलेज ट्राभलकी सरला सापकोटा, हाम्रो होलिडेजका सुमन लाल श्रेष्ठ तथा सिटी कनेक्ट ट्राभल्स एण्ड टुर्सकी स्वस्तिका प्रधान रहेका छन्।

प्यानलले अनुभवी र युवा पर्यटन व्यवसायीहरूको सन्तुलित सहभागितामार्फत नाट्टालाई थप प्रभावकारी, आधुनिक र सदस्यमैत्री संस्था बनाउने प्रतिबद्धता जनाएको छ। साथै पर्यटन क्षेत्रको नीतिगत सुधार, व्यवसायीहरूको हकहितको संरक्षण, संस्थागत सुशासन तथा पर्यटन प्रवर्द्धनलाई आफ्नो प्राथमिक एजेन्डा बनाएको जनाएको छ।

निर्वाचनको मिति नजिकिँदै जाँदा ‘भरत एण्ड टिम’ले देशभरका नाट्टा सदस्य व्यवसायीहरूसँग भेटघाट, अन्तरक्रिया तथा चुनावी प्रचारप्रसारलाई तीव्र बनाएको छ। आगामी निर्वाचनले नाट्टाको नेतृत्वसँगै नेपालको निजी पर्यटन क्षेत्रको भावी दिशा निर्धारण गर्ने भएकाले यसपटकको प्रतिस्पर्धालाई व्यवसायीहरूले विशेष चासोका साथ हेरिरहेका छन्।