पल्सरको २५ वर्ष:आफ्नै कथा सुनाएर ५०० डलर र पल्सर एनएस४००जेड जित्ने अवसर
वि.सं.२०८३ साउन २१ बिहीवार ०९:३७
shares

काठमाडौं, २१ साउन । बजाज ग्लोबलले पल्सर मोटरसाइकलको २५ वर्षे गौरवपूर्ण यात्रा मनाउने क्रममामेरोपल्सरकथा नामक विश्वव्यापी अभियान सुरु गरेको छ। अभियानमार्फत विश्वभरका राइडर, कन्टेन्ट क्रिएटर, राइडिङ क्लब तथा लामो समयदेखि पल्सर प्रयोग गर्दै आएका ग्राहकहरूलाई पल्सरसँग जोडिएका आफ्ना वास्तविक र प्रेरणादायी अनुभव साझा गर्न आह्वान गरिएको छ।
नेपाल पनि यस अभियानको हिस्सा बनेको छ। पल्सर नेपालमार्फत नेपाली राइडरहरूले आफ्ना अनुभव अन्तर्राष्ट्रिय मञ्चमा प्रस्तुत गर्ने तथा पल्सरको साहसी भावना विश्वसामु पुर्याउने अवसर पाउनेछन्।
अभियानमा सहभागीहरूले भिडियो, गीत–संगीत, कृत्रिम बुद्धिमत्ता (एआई) प्रयोग गरी तयार गरिएको सामग्री, तस्बिर वा अन्य कुनै पनि सिर्जनात्मक माध्यमबाट, जुनसुकै भाषामा पल्सरसँग जोडिएका आफ्ना अनुभव प्रस्तुत गर्न सक्नेछन्। कम्पनीका अनुसार अभियानको मुख्य आधार वास्तविक, मौलिक र प्रेरणादायी कथा हो। उत्कृष्ट सामग्रीले ‘२५ वर्षदेखि संसारलाई चुनौती दिने साहस’ भन्ने अभियानको भाव झल्काउनुपर्नेछ।
छनोट भएका उत्कृष्ट कथाहरू पल्सरका विश्वव्यापी सामाजिक सञ्जालमार्फत सार्वजनिक गरिनेछन्, जसबाट नेपाली राइडरहरूको कथा पनि विश्वभर पुग्ने कम्पनीले जनाएको छ।
अभियानअन्तर्गत प्रत्येक हप्ता छनोट हुने विजेताले ५०० अमेरिकी डलर बराबरको पुरस्कार प्राप्त गर्नेछन्। साथै, सहभागी प्रत्येक देशबाट एक जना भाग्यशाली राइडरले पल्सर एनएस४००जेड मोटरसाइकल जित्ने अवसर पनि पाउनेछन्। अभियान सुरु भइसकेको छ र २०२६ सेप्टेम्बर ४ सम्म सञ्चालन हुनेछ।
कम्पनीका अनुसार अभियानमा सहभागी हुन राइडरहरूले पल्सरसँग जोडिएको आफ्नो वास्तविक अनुभव वा अविस्मरणीय राइडिङ क्षण कुनै पनि सिर्जनात्मक माध्यमबाट प्रस्तुत गर्नुपर्नेछ। सामग्री सार्वजनिक गर्दा मेरोपल्सरकथा ह्यासट्याग प्रयोग गरी माइ पल्सर अफिसियल र पल्सर नेपाल लाई ट्याग गर्नुपर्नेछ भने सहभागिताका लागि सामग्री २०२६ सेप्टेम्बर ४ भित्र पेश गरिसक्नुपर्नेछ।
बजाजका अनुसार यो अभियान केवल पल्सरको २५ वर्षे यात्रा मनाउने अवसर मात्र नभई पल्सरलाई आजको स्थानसम्म पुर्याउन योगदान दिएका राइडरहरूको साहस, समर्पण, उपलब्धि र अविस्मरणीय यात्राप्रति सम्मान व्यक्त गर्ने उद्देश्यले सञ्चालन गरिएको हो। आफ्ना वास्तविक अनुभवलाई अभियानको केन्द्रमा राखेर कम्पनीले पल्सरको सफल यात्रामा योगदान पुर्याएका राइडरहरूको प्रेरणादायी कथा विश्वसामु प्रस्तुत गर्न चाहेको जनाएको छ।
अभियानसम्बन्धी विस्तृत जानकारी तथा सहभागिताका नियमहरू एचएच बजाज नेपालको आधिकारिक वेबसाइटबाट प्राप्त गर्न सकिने कम्पनीले जनाएको छ।
















