Dhulikhel Eco Banner new

दोहोरो अंकले घटेको शेयर बजारमा यी ५ कम्पनीले गुमाए सर्वाधिक

559
shares

काठमाडौं, २१ साउन । बिहीवार शेयर बजार दोहोरो अंकले घटेको छ । शेयर बजार १३.८२ अंकले बढेर २६५४.५१ बिन्दुमा कायम भएको छ ।

शेयर बजारमा ६४ कम्पनीको शेयर मूल्य बढेको छ भने २०२ कम्पनीको शेयर मूल्य घटेको छ भने १० कम्पनीको स्थिर रहेको छ । यसदिन ४ अर्ब ६२ करोड कारोबार भएको हो ।

दोहोरो अंकले घटेको शेयर बजारमा एलएस होराइजन १२का लगानीकर्ताले सर्वाधिक गुमाएका छन् । उक्त कम्पनीका लगानीकर्ताले ६.५० प्रतिशतका दरले गुमाएका छन् ।

त्यसैगरि मेगा म्युचुअल फन्ड-१का लगानीकर्ताले ५.६१ प्रतिशतका दरले गुमाएका छन् भने लक्ष्मी मूल्य कोष २का लगानीकर्ताले ५.१० प्रतिशतका दरले गुमाएका छन् ।

त्यसैगरि स्नो रिभर्स लिमिटेडका लगानीकर्ताले ५ प्रतिशतका दरले गुमाएका छन् भने सानिमा इक्विटी फन्ड-२का लगानीकर्ताले ५ प्रतिशतका दरले गुमाएका छन् ।