Dhulikhel Eco Banner new

अब अमेरिकामा जन्मिएकै भरमा नागरिकता नपाइने, ‘बर्थ टुरिज्म’मा प्रतिबन्ध लगाउने ट्रम्पको निर्णय

364
shares

काठमाडौं, २२ साउन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले जन्मका आधारमा स्वतः नागरिकता प्राप्त गर्ने व्यवस्थामा फेरि कडाइ गरेका छन्। उनले ‘बर्थ टुरिज्म’ रोक्ने उद्देश्यसहित दुईवटा नयाँ कार्यकारी आदेशमा हस्ताक्षर गरेका छन्।

पहिलो आदेशले स्वतः नागरिकता नपाउने गैर–नागरिकहरूको दायरा विस्तार गरेको छ। यसअनुसार दुवै अभिभावक गैर–नागरिक भई उनीहरूमध्ये कोही विदेशी आतंकवादी समूहको सदस्य, विदेशी सरकारी कर्मचारी वा ठगीमार्फत नागरिकता लिन खोजेको व्यक्ति भए, त्यस्ता अभिभावकका सन्तानले अमेरिकामा जन्मिएकै आधारमा स्वतः नागरिकता पाउने छैनन्। दोस्रो आदेशमार्फत ‘बर्थ टुरिज्म’ अर्थात् बच्चालाई अमेरिकी नागरिक बनाउने उद्देश्यले मात्र गर्भवती महिलाहरू अमेरिका आउने अभ्यासमा प्रतिबन्ध लगाइएको छ।

ट्रम्पले यो व्यवस्था धेरैअघि नै लागू हुनुपर्ने बताउँदै यसअघिको प्रयास सर्वोच्च अदालतले रोकेकोमा असन्तुष्टि जनाएका छन्। यद्यपि ट्रम्प प्रशासनले ‘बर्थ टुरिज्म’ को दुरुपयोग भइरहेको दाबी गरे पनि ‘माइग्रेसन पोलिसी इन्स्टिच्युट’ का अनुसार यस प्रक्रियाबाट वार्षिक करिब २२ हजारदेखि २६ हजार बच्चा जन्मिने गरेका छन्।