Dhulikhel Eco Banner new

माण्डु हाइड्रोपावरको १ करोड २२ लाख कित्ता शेयरको लकइन अवधि सकिँदै

416
shares

काठमाडौं, २२ साउन । माण्डु हाइड्रोपावर लिमिटेडको १ करोड २२ लाख २२ हजार ५५३ कित्ता शेयरको लकइन अवधि भदौ २३ गतेबाट सकिने भएको छ ।

माण्डु हाइड्रोपावरको १ करोड २२ लाख कित्ता शेयरको लकइन अवधि सकिंदै कम्पनीका संस्थापक शेयरधनीहरूको १ करोड २० लाख कित्ता, आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरूलाई बाँडफाँड गरिएको १ लाख ९३ हजार ७०० कित्ता र कम्पनीमा कार्यरत कर्मचारीहरूलाई बाँडफाँड गरिएको २८ हजार ८५३ कित्ता शेयरको लकइन अवधि सकिने भएको हो ।

आईपीओ निष्काशन गरी सर्वसाधारणलाई बाँडफाँड गरेको दिनदेखि संस्थापक शेयरधनी, आयोजना प्रभावित र कम्पनीमा कार्यरत कर्मचारीहरूको शेयर तीन वर्षसम्म लकइनमा राख्नुपर्ने हुन्छ । यस कम्पनीले आईपीओ निष्काशन गरी २०८२ भदौ २४ गते सर्वसाधारणलाई बाँडफाँड गरेको थियो ।