बढ्यो सुनको मूल्य, हेर्नुस् कतिमा हुदैछ कारोबार ?
वि.सं.२०८३ भदौ ८ सोमवार ११:०१
624
shares
shares

काठमाडौं, ८ भदौ । स्थानीय बजारमा सोमबार सुनको मुल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार सुनको मूल्य ३ हजार २ सयले बढेको हो ।
महासंघका अनुसार सुन आइतबार प्रतितोला ३ लाख १९ हजार ५ सयमा कारोबार भएको सुन सोमबार बढेर ३ लाख २२ हजार ७ सयमा कारोबार भएको छ ।
त्यसैगरी, सोमबार चाँदीको मूल्य १० रुपैयाँले घटेको छ । आइतबार ४ हजार ९ सय ७५ मा कारोबार भएको चाँदी घटेर सोमबार ४ हजार ९ सय ६५ रुपैंया मा कायम भएको हो ।

















