Dhulikhel Eco Banner new

खोटाङका नागरिकको अवस्था बुझ्दै जिल्ला प्रशासन

364
shares

काठमाडौं,११ भदौ । रसुवाको भोटेकोशी नदीमा आएको बाढी प्रभावित क्षेत्रमा रोजगारी, व्यापार तथा अन्य कामका सिलसिलामा पुगेका खोटाङका नागरिकको अवस्था बुझ्न जिल्ला प्रशासन कार्यालयले आग्रह गरेको छ ।

प्रशासनले बुधबार सूचना जारी गर्दै बाढी प्रभावित क्षेत्रमा रहेका खोटाङका नागरिक सुरक्षित भए/नभएको तथा आफन्तसँग सम्पर्कमा रहे/नरहेको जानकारी गराउन अनुरोध गरेको हो ।

बाढी प्रभावित क्षेत्रमा गएका नागरिकले तत्काल आफन्तसँग सम्पर्क गर्न र आफन्तले पनि उनीहरूको अवस्था बुझी नजिकको प्रहरी कार्यालय, स्थानीय तह वा जिल्ला प्रशासन कार्यालय खोटाङमा जानकारी गराउन आग्रह गरिएको छ ।

भोटेकोशी बाढीबाट रसुवा, नुवाकोट, धादिङलगायतका क्षेत्रमा ठुलो क्षति भएपछि खोटाङका नागरिकको अवस्था पहिचान र उद्धारमा सहयोग पुर्‍याउन सूचना जारी गरिएको प्रशासनले जनाएको छ ।