Dhulikhel Eco Banner new

ऋण असुलीका नाममा यातना र गालीगलौज नगर्न गृह मन्त्रालयको चेतावनी

1.14K
shares

काठमाडौं, २१ भदौ । ऋण असुलीका क्रममा ऋणीलाई यातना दिने, घरबाट जिन्सी सामान उठाएर लैजाने तथा गालीगलौज र दुर्व्यवहार गर्ने कार्य भए जिल्ला प्रशासन कार्यालयहरूमा उजुरी गर्न सकिने भएको छ।

गृह मन्त्रालयले जिल्ला प्रशासन कार्यालय, सिरहालाई पठाएको पत्रमा ऋण असुलीका क्रममा हुने यस्ता गैरकानुनी गतिविधिविरुद्ध उजुरी परे प्रचलित कानुनबमोजिम कारबाही प्रक्रिया अघि बढाउन निर्देशन दिएको छ।

पत्रमा भनिएको छ, ‘ऋण असुलीका लागि यातना दिने, घरबाट जिन्सी सामान उठाएर लैजाने, किस्ता नतिरेसम्म संस्थाका कर्मचारी घरमै बसेर धरपकड, गाली बेइज्जती, दुर्व्यवहार लगायतका गैरकानुनी कार्यहरू गरेमा त्यस्ता कार्यउपर पीडितले जिल्ला प्रशासन कार्यालयमा उजुरी गर्ने र प्रचलित कानुनबमोजिम कारबाही प्रक्रिया अगाडि बढाउने।’

मन्त्रालयको शान्ति, सुरक्षा तथा अपराध नियन्त्रण शाखाले २०८३ भदौ १५ गते प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त निर्णय अनुसार कार्यान्वयनका लागि जिल्ला प्रशासन कार्यालयहरूलाई पत्राचार गरेको हो।