शेयर बजारमा पहिरो, आज ७७ अंकको गिरावट
वि.सं.२०७९ असार २७ सोमवार १५:१८
shares

काठमाडौं, २७ असार । साताको पहिलो दिन नेप्से परिसुचक ७७ दशमलव ०१ अंकले घटेको छ । दिउसो १ बजे ६१ अंकमा पुगेको थियो । सोमबार नेप्से परिसुचक ३ दशमलव ८६ प्रतिशतले घटेर १९१५ दशमलव ६१ बिन्दुमा पुगेको हो ।
नेप्से परिसुचकसँगैं ‘क’ वर्गको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स पनि १३ दशमलव ०३ हंकले घटेको छ । दिनभर भएका ४५ हजार १ सय ९६ कारोबारबाट २२७ कम्पनीका ६३ लाख १३ हजार ६ सय ४१ कित्ता शेयर किनबेच भएका छन् ।
जसबाट कारोबार रकम २ अर्ब ३२ करोड ५६ लाख ४१ हजार २२ पुगेको छ ।
उच्च अंकले घटेको शेयरबजारमा आज सर्वाधिक हिमालयन डिस्टिलरीको शेयर खरिदबिक्री भएको छ । कम्पनीको आज एकैदिन ११ करोड ४ लाख रुपैयाँ माथिको कारोबार भएको हो ।
त्यस्तै, एनआइसी एशिया बैंकको ८ करोड ७१ लाख, अपर तामाकोशीको ८ करोड ४१ लाख, एशियन लाइफको ८ करोड १७ लाख र नेपाल लाइफको ७ करोड ५१ लाख रुपैयाँ भन्दा माथिको कारोबार भएको छ ।














