संस्कृत विश्वविद्यालयको रेक्टरमा रेग्मी र रजिस्ट्रारमा कट्टेल नियुक्त
वि.सं.२०८३ भदौ २५ बिहीवार १२:३८
shares

काठमाडौं, २५ भदौ । सरकारले नेपाल संस्कृत विश्वविद्यालयको रेक्टर (शिक्षाध्यक्ष) र रजिस्ट्रार (कुलसचिव) नियुक्त गरेको छ ।
शिक्षामन्त्री सस्मित पोखरेलले रेक्टरमा प्राडा जगन्नाथ रेग्मी र रजिस्ट्रारमा प्राडा नवराज कट्टेललाई नियुक्त गरेका हुन् ।
उक्त विश्वविद्यालयको उपकुलपतिमा प्राडा भीम खतिवडा नियुक्त भएका थिए ।
नियुक्त तीनैजना पदाधिकारीहरू खुला प्रतिस्पर्धाबाट चयन भएका हुन् । सरकाले प्राडा माधवशरण उपाध्यायको संयोजकत्वमा तीन सदस्यीय छनोट समिति गठन गरेको थियो ।
उक्त समितिले खुला प्रतिस्पर्धा गराएर तीन पदाधिकारीका लागि तीन–तीनजनाको नाम सिफारिस गरेको थियो ।
















