व्यापारीको पाता फर्काउने अभिव्यक्ति दिएकी मन्त्रीको पद चैट
वि.सं.२०८३ भदौ २५ बिहीवार १३:५३
871
shares
shares

काठमाडौं । ग्यास अभाव चुलिएपछि त्यसको दोष व्यापारी माथि थोपरेकी मन्त्री गौरी कुमारी यादवको पद गएको छ । उनले मन्त्री पदबाट राजीनामा दिन बाध्य भएकी छिन् ।
मन्त्री यादवले बुधबार संसदीय समितिमा ग्यास उद्योगीहरूलाई पाता फर्काउनुपर्ने विवादास्पद अभिव्यक्ति दिएकी थिइन् ।
उनको अभिव्यक्तिप्रति उद्योगीहरूले आपत्ति जनाउँदै प्रधानमन्त्रीसमक्ष समेत ध्यानाकर्षण गराएका थिए ।


















