Dhulikhel Eco Banner new

दोहोरो अंकले घट्यो शेयर बजार, कारोबार रकम पनि घट्यो

481
shares

काठमाडौं, २५ भदौ । बिहिबार शेयर बजार दोहोरो अंकले घटेको छ। शेयर बजार १८.७१ अंकले घटेर २५२६.६९ विन्दुमा बन्द भएको हो।

शेयर बजारमा ४८ कम्पनीको सेयर मूल्य बढेको छ भने २२० वटाको घटेको छ। यस्तै, १० कम्पनी स्थिर छन्। यसदिन ३ अर्ब ८७ करोड रूपैयाँको कारोबार भएको छ।

दोहोरो अंकले घटेको शेयर बजारमा लिबर्टी इनर्जी कम्पनी लिमिटेडका लगानीकर्ताले सर्वाधिक कमाएका छन् । उक्त कम्पनीका लगानीकर्ताले १५.०० प्रतिशतका दरले कमाएका छन् ।

त्यसैगरि सिन्धु विकास बैंक लिमिटेडका लगानीकर्ताले सर्वाधिक गुमाएका छन् । उक्त कम्पनीका लगानीकर्ताले १४.९८ प्रतिशतका दरले गुमाएका छन् ।