Dhulikhel Eco Banner new

भोटेकोशी बाढीपीडितको उद्धार तथा राहतका लागि विजय लघुवित्तद्वारा १० लाख सहयोग

1.34K
shares

काठमाडौं । भोटेकोशी नदीमा आएको आकस्मिक बाढीका कारण रसुवा, नुवाकोट, धादिङ र चितवनलगायत जिल्लामा भएको मानवीय तथा भौतिक क्षतिप्रति विजय लघुवित्त वित्तीय संस्था लिमिटेडले दुःख व्यक्त गरेको छ ।

संस्थाले बाढी तथा प्राकृतिक विपद्का कारण ज्यान गुमाएका व्यक्तिका परिवारजनप्रति गहिरो समवेदना प्रकट गर्दै विपद्मा परेका नेपाली तथा विदेशी नागरिक, बैंक तथा वित्तीय संस्थामा कार्यरत कर्मचारी र उनीहरूका परिवारले भोग्नुपरेको पीडा तथा कठिनाइप्रति सहानुभूति जनाएको छ ।

विपद्बाट प्रभावितको राहत तथा उद्धार कार्यमा सहयोग पुर्‍याउने उद्देश्यले विजय लघुवित्तका सम्पूर्ण कर्मचारी तथा संस्थाको तर्फबाट प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १० लाख रुपैयाँ सहयोग प्रदान गरिएको संस्थाले जनाएको छ ।

संस्थाका कायम मुकायम प्रमुख कार्यकारी अधिकृत सरोज घिमिरेद्वारा जारी प्रेस विज्ञप्तिमार्फत उक्त सहयोगको जानकारी दिइएको हो । संस्थाले विपद्को यस कठिन घडीमा प्रभावितको उद्धार, राहत तथा पुनःस्थापनाका लागि सबै पक्षबाट सहयोग र सहकार्य आवश्यक रहेको जनाएको छ ।