Dhulikhel Eco Banner new

दोहोरो अंकले घट्यो शेयर बजार, यी ५ कम्पनीले गुमाए सर्वाधिक

481
shares

काठमाडौं, २५ भदौ । बिहिबार शेयर बजार दोहोरो अंकले घटेको छ। शेयर बजार १८.७१ अंकले घटेर २५२६.६९ विन्दुमा बन्द भएको हो।

शेयर बजारमा ४८ कम्पनीको सेयर मूल्य बढेको छ भने २२० वटाको घटेको छ। यस्तै, १० कम्पनी स्थिर छन्। यसदिन ३ अर्ब ८७ करोड रूपैयाँको कारोबार भएको छ।

दोहोरो अंकले घटेको शेयर बजारमा सिन्धु विकास बैंक लिमिटेडका लगानीकर्ताले सर्वाधिक गुमाएका छन् । उक्त कम्पनीका लगानीकर्ताले १४.९८ प्रतिशतका दरले गुमाएका छन् ।

त्यसैगरि प्रभु सेलेक्ट फन्डका लगानीकर्ताले १०.२२ प्रतिशतका दरले गुमाएका छन् भने प्रभु स्मार्ट फन्डका लगानीकर्ताले ९.३० प्रतिशतका दरले गुमाएका छन् ।

त्यसैगरि कर्पोरेट डेभलपमेन्ट बैंक लिमिटेडका लगानीकर्ताले ५.२४ प्रतिशतका दरले गुमाएका छन् भने शुभम् पावर लिमिटेडका लगानीकर्ताले ५.१९ प्रतिशतका दरले गुमाएका छन् ।