Dhulikhel Eco Banner new

कुशेऔँसी र बाबुको मुख हेर्ने दिन मनाइँदै, घर-घरमा भित्र्याइयो पवित्र कुश

871
shares

वैदिक सनातन धर्मावलम्बीले आज श्रद्धा र उल्लासका साथ कुशेऔँसी पर्व मनाइरहेका छन्। भाद्रकृष्ण औँसीका अवसरमा आज जीवित पितालाई मनपर्ने भोजन खुवाई आशीर्वाद लिने तथा दिवङ्गत पिताको सम्झनामा विभिन्न तीर्थस्थलमा तर्पण, पिण्डदान र श्राद्ध गर्ने परम्परा छ।

वर्षभरि गरिने देवकार्य तथा पितृकार्यमा अपरिहार्य मानिने पवित्र कुश आज घर-घरमा भित्र्याइएको छ। ब्राह्मणद्वारा विधिपूर्वक पूजा गरी उखेलेर ल्याइएको कुश घरमा राख्नाले परिवारको कल्याण हुने धार्मिक विश्वास छ। आजका दिन सङ्कलन गरिएको कुशले वर्षभरि नै धार्मिक कर्ममा पवित्रता प्रदान गर्ने शास्त्रीय मान्यता रहेको छ।

काठमाडौँको गोकर्णेश्वर महादेव मन्दिर परिसर तथा रसुवा र नुवाकोटको सङ्गमस्थल वेत्रावतीमा दिवङ्गत पितृको सम्झनामा तर्पण र पिण्डदान गर्नेहरूको विशेष घुइँचो लागेको छ। यसैबीच, मधेसको मिथिला क्षेत्रमा यस पर्वलाई ‘कुशअमबसीया’ का रूपमा मनाउँदै मैथिल समुदायले ब्रह्ममुहूर्तमा आफैँ कुश उखेलेर घरका दलिनमा सुरक्षित राख्ने चलन पालنا गरेका छन्।