Dhulikhel Eco Banner new

दोहोरो अंकले बढ्यो शेयर बजार, यी ५ कम्पनीले गुमाए सर्वाधिक

338
shares

काठमाडौं, २६ भदौ । शुक्रबार शेयर बजार दोहोरो अंकले बढेको छ। शेयर बजार २७.९४ अंकले बढेर २५५९.४९ विन्दुमा बन्द भएको हो।

शेयर बजारमा २३७ कम्पनीको सेयर मूल्य बढेको छ भने ३१ वटाको घटेको छ। यस्तै, ९ कम्पनी स्थिर छन्। यसदिन ४ अर्ब ३६ करोड रूपैयाँको कारोबार भएको छ।

दोहोरो अंकले बढेको शेयर बजारमा मल्टिपर्पस फाइनान्स कम्पनी लिमिटेडका लगानीकर्ताले सर्वाधिक गुमाएका छन् । उक्त कम्पनीका लगानीकर्ताले ५.७१ प्रतिशतका दरले गुमाएका छन् ।

त्यसैगरि इमर्जिङ नेपाल लिमिटेडका लगानीकर्ताले ४.२१ प्रतिशतका दरले गुमाएका छन् भने ओम मेगाश्री फार्मास्युटिकल्स लिमिटेडका लगानीकर्ताले ४.०० प्रतिशतका दरले गुमाएका छन् ।

त्यसैगरि लक्ष्मी उन्नति कोषका लगानीकर्ताले २.९७ प्रतिशतका दरले गुमाएका छन् भने एनआईसी एसिया ग्रोथ फन्ड–२ का लगानीकर्ताले २.९० प्रतिशतका दरले गुमाएका छन् ।