दोहोरो अंकले बढ्यो शेयर बजार, कारोबार रकममा पनि सुधार
वि.सं.२०८३ भदौ २६ शुक्रवार १५:१२
shares

काठमाडौं, २६ भदौ । शुक्रबार शेयर बजार दोहोरो अंकले बढेको छ। शेयर बजार २७.९४ अंकले बढेर २५५९.४९ विन्दुमा बन्द भएको हो।
शेयर बजारमा २३७ कम्पनीको सेयर मूल्य बढेको छ भने ३१ वटाको घटेको छ। यस्तै, ९ कम्पनी स्थिर छन्। यसदिन ४ अर्ब ३६ करोड रूपैयाँको कारोबार भएको छ।
दोहोरो अंकले बढेको शेयर बजारमा उपकार लघुवित्त वित्तीय संस्था लिमिटेडका लगानीकर्ताले सर्वाधिक कमाएका छन् । उक्त कम्पनीका लगानीकर्ताले १०.५३ प्रतिशतका दरले कमाएका छन् ।
त्यसैगरि मल्टिपर्पस फाइनान्स कम्पनी लिमिटेडका लगानीकर्ताले सर्वाधिक गुमाएका छन् । उक्त कम्पनीका लगानीकर्ताले ५.७१ प्रतिशतका दरले गुमाएका छन् ।

















