Dhulikhel Eco Banner new

दोहोरो अंकले बढ्यो शेयर बजार, यी ५ कम्पनीले कमाए सर्वाधिक

364
shares

काठमाडौं, २६ भदौ । शुक्रबार शेयर बजार दोहोरो अंकले बढेको छ। शेयर बजार २७.९४ अंकले बढेर २५५९.४९ विन्दुमा बन्द भएको हो।

शेयर बजारमा २३७ कम्पनीको सेयर मूल्य बढेको छ भने ३१ वटाको घटेको छ। यस्तै, ९ कम्पनी स्थिर छन्। यसदिन ४ अर्ब ३६ करोड रूपैयाँको कारोबार भएको छ।

दोहोरो अंकले बढेको शेयर बजारमा उपकार लघुवित्त वित्तीय संस्था लिमिटेडका लगानीकर्ताले सर्वाधिक कमाएका छन् । उक्त कम्पनीका लगानीकर्ताले १०.५३ प्रतिशतका दरले कमाएका छन् ।

त्यसैगरि अभियान लघुवित्त वित्तीय संस्था लिमिटेडका लगानीकर्ताले १०.०९ प्रतिशतका दरले कमाएका छन् भने सिन्धु विकास बैंक लिमिटेडका लगानीकर्ताले ९.५४ प्रतिशतका दरले कमाएका छन् ।

त्यसैगरि सर्वोत्तम पेन्ट्स इन्डस्ट्रिज लिमिटेडका लगानीकर्ताले ८.०४ प्रतिशतका दरले कमाएका छन् भने एनसीसी डिबेन्चरका लगानीकर्ताले ७.४५ प्रतिशतका दरले कमाएका छन् ।