यस्तो छ, विदेशी मुद्राको विनिमयदर
वि.सं.२०८३ भदौ ३० मंगलवार १०:५४
shares

काठमाडौं, ३० भदौ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । जसअनुसार अमेरिकी डलर एकको खरिददर १५२ रुपैयाँ ५९ पैसा र बिक्रीदर १५३ रुपैयाँ १९ पैसा निर्धारण गरिएको छ ।
अष्ट्रेलियन डलर एकको खरिददर १०८ रुपैयाँ ७४ पैसा र बिक्रीदर १०९ रुपैयाँ १६ पैसा, क्यानेडियन डलर एकको खरिददर १०९ रुपैयाँ ८१ पैसा र बिक्रीदर ११० रुपैयाँ २४ पैसा तोकिएको छ ।
युरोपियन युरो एकको खरिददर १७६ रुपैयाँ ०९ पैसा र बिक्रीदर १७६ रुपैयाँ ७८ पैसा, युके पाउन्ड स्ट्रलिङ एकको खरिददर २०५ रुपैयाँ ७४ पैसा र बिक्रीदर २०६ रुपैयाँ ५५ पैसा कायम गरिएको छ ।
राष्ट्र बैंकले यो विनिमयदरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैंकले तोक्ने विनिमयदर भने फरक हुनसक्ने र अद्यावधिक विनिमयदर केन्द्रीय बैंकको ‘वेबसाइट’मा उपलब्ध हुने जनाइएको छ ।


















