Dhulikhel Eco Banner new

रिलायन्स स्पिनिङ मिल्सको लाभांश घोषणा, असोज १३ सम्मका सेयरधनीले पाउने

637
shares

काठमाडौं, ३० भदौ । रिलायन्स स्पिनिङ मिल्सले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीहरूलाई लाभांश वितरण गर्ने घोषणा गरेको छ। कम्पनीले हाल कायम चुक्ता पुँजीको ३० प्रतिशत नगद लाभांश (कर सहित) वितरण गर्ने घोषणा गरेको हो।

कम्पनीको भदौ २९ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले उक्त दरमा लाभांश वितरण गर्ने निर्णय गरेको हो। सो नगद लाभांश प्रस्ताव पारित गर्न कम्पनीले असोज २२ अनुपम फुड ल्याण्ड एण्ड बैंक्वेटमा ३२ औं वार्षिक साधारण सभा बोलाएको छ।

साधारण सभा तथा लाभांश वितरण प्रयोजनको लागि कम्पनीले असोज १४ बुक क्लोज गर्ने भएको छ। यस अनुसार असोज १३ गतेसम्म कायम सेयरधनीहरूले कम्पनीको साधारण सभामा सहभागित जनाउन तथा लाभांश पाउनेछन्।