घट्यो सुनको मूल्य, हेर्नुस् कतिमा हुदैछ कारोबार ?
वि.सं.२०८३ भदौ ३० मंगलवार ११:०५
585
shares
shares

काठमाडौं, ३० भदौ । स्थानीय बजारमा मंगलबार सुनको मुल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार सुनको मूल्य ९ सयले घटेको हो ।
महासंघका अनुसार सुन सोमबार प्रतितोला ३ लाख १ हजारमा कारोबार भएको सुन मंगलबार घटेर ३ लाख १ सयमा कारोबार भएको छ ।
त्यसैगरी, मंगलबार चाँदीको मूल्य २० रुपैयाँले घटेको छ । सोमबार ४ हजार ६ सय २० रुपैंया मा कारोबार भएको चाँदी घटेर मंगलबार ४ हजार ६ सय रुपैंया मा कायम भएको हो ।


















