Dhulikhel Eco Banner new

दोहोरो अंकले बढ्यो शेयर बजार, यी ५ कम्पनीले गुमाए सर्वाधिक

546
shares

काठमाडौं, १ असोज । बिहीबार शेयर बजार दोहोरो अंकले बढेको छ। शेयर बजार ११.९३ अंकले बढेर २६२४.३६ विन्दुमा बन्द भएको हो।

शेयर बजारमा १७७ कम्पनीको सेयर मूल्य बढेको छ भने ८५ वटाको घटेको छ। यस्तै, १६ कम्पनी स्थिर छन्। यसदिन ५ अर्ब ४९ करोड रूपैयाँ बढीको कारोबार भएको छ।

दोहोरो अंकले बढेको शेयर बजारमा ह्याथवे इन्भेष्टमेन्ट नेपाल लिमिटेडका लगानीकर्ताले सर्वाधिक गुमाएका छन् । उक्त कम्पनीका लगानीकर्ताले २.९७ प्रतिशतका दरले गुमाएका छन् ।

त्यसैगरि सानिमा लार्ज क्याप फन्डका लगानीकर्ताले २.९५ प्रतिशतका दरले गुमाएका छन् भने लक्ष्मी मूल्य कोष २ का लगानीकर्ताले २.८९ प्रतिशतका दरले गुमाएका छन् ।

त्यसैगरि प्राइम डिबेन्चरका लगानीकर्ताले २.८८ प्रतिशतका दरले गुमाएका छन् भने सीवाईसी नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडका लगानीकर्ताले २.८० प्रतिशतका दरले गुमाएका छन् ।