Dhulikhel Eco Banner new

दोहोरो अंकले घट्यो शेयर बजार , सामान्य घट्यो कारोबार रकम

468
shares

काठमाडौं, १२ असोज । सोमबार शेयर बजार दोहोरो अंकले घटेको छ। शेयर बजार १६.४७ अंकले घटेर २६१३.३३ विन्दुमा बन्द भएको हो।

शेयर बजारमा ४९ कम्पनीको सेयर मूल्य बढेको छ भने २२४ वटाको घटेको छ। यस्तै, ६ कम्पनी स्थिर छन्। यसदिन ५ अर्ब ३८ करोड रूपैयाँ बढीको कारोबार भएको छ।

दोहोरो अंकले घटेको शेयर बजारमा केबीएल डेबेन्चरका लगानीकर्ताले सर्वाधिक कमाएका छन् । उक्त कम्पनीका लगानीकर्ताले १२.१७ प्रतिशतका दरले कमाएका छन् ।

त्यसैगरि हाथवे इन्भेस्टमेन्ट नेपाल लिमिटेडका लगानीकर्ताले सर्वाधिक गुमाएका छन् । उक्त कम्पनीका लगानीकर्ताले १०.५८ प्रतिशतका दरले गुमाएका छन् ।