Dhulikhel Eco Banner new

दोहोरो अंकले घट्यो शेयर बजार , यी ५ कम्पनीले कमाए सर्वाधिक

481
shares

काठमाडौं, १२ असोज । सोमबार शेयर बजार दोहोरो अंकले घटेको छ। शेयर बजार १६.४७ अंकले घटेर २६१३.३३ विन्दुमा बन्द भएको हो।

शेयर बजारमा ४९ कम्पनीको सेयर मूल्य बढेको छ भने २२४ वटाको घटेको छ। यस्तै, ६ कम्पनी स्थिर छन्। यसदिन ५ अर्ब ३८ करोड रूपैयाँ बढीको कारोबार भएको छ।

दोहोरो अंकले घटेको शेयर बजारमा केबीएल डेबेन्चरका लगानीकर्ताले सर्वाधिक कमाएका छन् । उक्त कम्पनीका लगानीकर्ताले १२.१७ प्रतिशतका दरले कमाएका छन् ।

त्यसैगरि लक्ष्मी सनराइज डेबेन्चर २०९२ का लगानीकर्ताले १०.०० प्रतिशतका दरले कमाएका छन् भने प्राइम बैंक डेबेन्चर, २०९३ का लगानीकर्ताले ८.८३ प्रतिशतका दरले कमाएका छन् ।

त्यसैगरि मान्डु हाइड्रोपावर लिमिटेडका लगानीकर्ताले ५.३८ प्रतिशतका दरले कमाएका छन् भने एनआईसी एशिया ब्यालेन्स्ड फन्डका लगानीकर्ताले २.७३ प्रतिशतका दरले कमाएका छन् ।