Dhulikhel Eco Banner new

दोहोरो अंकले घट्यो शेयर बजार , यी ५ कम्पनीले गुमाए सर्वाधिक

507
shares

काठमाडौं, १२ असोज । सोमबार शेयर बजार दोहोरो अंकले घटेको छ। शेयर बजार १६.४७ अंकले घटेर २६१३.३३ विन्दुमा बन्द भएको हो।

शेयर बजारमा ४९ कम्पनीको सेयर मूल्य बढेको छ भने २२४ वटाको घटेको छ। यस्तै, ६ कम्पनी स्थिर छन्। यसदिन ५ अर्ब ३८ करोड रूपैयाँ बढीको कारोबार भएको छ।

दोहोरो अंकले घटेको शेयर बजारमा हाथवे इन्भेस्टमेन्ट नेपाल लिमिटेडका लगानीकर्ताले सर्वाधिक गुमाएका छन् । उक्त कम्पनीका लगानीकर्ताले १०.५८ प्रतिशतका दरले गुमाएका छन् ।

त्यसैगरि इमर्जिङ नेपाल लिमिटेडका लगानीकर्ताले ९.९२ प्रतिशतका दरले गुमाएका छन् भने ग्लोबल आइएमई ब्यालेन्स्ड फन्ड–१ का लगानीकर्ताले ४.७६ प्रतिशतका दरले गुमाएका छन् ।

त्यसैगरि धौलागिरी लघुवित्त वित्तीय संस्था लिमिटेडका लगानीकर्ताले ४.६६ प्रतिशतका दरले गुमाएका छन् भने एसियन हाइड्रोपावर लिमिटेडका लगानीकर्ताले ४.४० प्रतिशतका दरले गुमाएका छन् ।