Dhulikhel Eco Banner new

२४ घण्टामा ट्राफिक प्रहरीले गर्यो ६३६ जनालाई कारबाही

520
shares

काठमाडौं, १३ असोज । ट्राफिक प्रहरीले पछिल्लो २४ घण्टामा ६३६ वटा सवारीसाधनका चालकलाई कारबाही गरेको छ ।

मंगलबार बिहानसम्म काठमाडौं उपत्यकाका विभिन्न स्थानमा ट्राफिक प्रहरीले सञ्चालन गरेको जाँचका क्रममा मादक पदार्थ  ( मापसे ) सेवन गरी सवारी चलाउने ७७, सिसिटिभिमार्फत ६२, रातोबत्तीमा २७ जना चालकलाई कारबाही गरिएको छ ।

यसैगरी, तीव्रगतिमा ७९, हर्न निषेधमा १५, लेन क्रसमा १२, अवस्था ठिक नभएको १७, एकतर्फीमा ६ र अन्यमा ६ जना चालकलाई कारबाही गरिएको ट्राफिक प्रहरीले जनाएको छ ।