Dhulikhel Eco Banner new

नेप्से परिसुचकमा सामान्य सुधार, १ अर्बको मात्र कारोबार

4.85K
shares

काठमाडौं, २८ असार । साताको तेस्रो कारोबारको दिन नेप्से परिसुचक ११ दशमलव ६८ अंकले बढेको छ । मंगलबार नेप्से परिसुचक शुन्य दशमलव ६१ प्रतिशतले बढेर १९२७ दशमलव २८ बिन्दुमा पुगेको हो ।

नेप्से परिसुचकसँगै ‘क’ वर्गको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स २ दशमलव ०९ अंकले बढेको छ । दिनभर भएका ३० हजार ६ सय ९६ कारोबारबाट २२६ कम्पनीका ४९ लाख ६७ हजार ५ सय ६१ कित्ता शेयर किनबेच भएका छन् ।

जसबाट कारोबार रकम १ अर्ब ७० करोड ७७ लाख ५२ हजार ९ सय ७८ पुगेको छ ।