आर्थिक अवस्था सुधारमा पीएमईपी कार्यक्रम प्रभावकारी : मन्त्री कुँवर
वि.सं.२०७९ असार २८ मंगलवार १६:२६
shares

काठमाडौं, २८ असार । श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शेरबहादुर कुँवरले प्रधानमन्त्री रोजगार कार्यक्रम (पीएमईपी) ले बिपन्न बर्गको आर्थिक अवस्था सुधारमा टेवा पुगेको बताएका छन् । मंगलबार कैलालीको धनगढीमा आयोजित प्रधानमन्त्री रोजगार कार्यक्रम कार्यान्वयन प्रक्रियामा सुधार सम्बन्धि अन्तरक्रिया कार्यक्रममा बोल्दै मन्त्री कुँवरले यो कायर्यक्रमले विपन्न वर्गलाई राहत मिलेको बताएका हुन् ।
स्थानीय स्तरमा आवश्यकताको पहिचान गरी कार्यक्रमलाई कार्यान्वयन गर्दा स्थानीय लाभाम्वित भएको उनको भनाइ छ । देश विकासमा युवा जनशक्तिको अनिर्वाय सहभागिता आवश्यक रहेको भन्दै मन्त्री कुँवरले दक्ष युवा जनशक्ती उत्पादन र तिनीहरुलाई स्वदेशमै रोजगारी सिर्जना गर्नेतर्फ तीन तहका सरकार लाग्नु पर्ने बताए ।
कार्यक्रममा प्रधानमन्त्री रोजगार कार्यक्रमका निर्देशक डण्डुराज घिमिरेले कैलाली र कञ्चनपुरमा प्रधानमन्त्री रोजगार कार्यक्रम संचालन पछि भएका उपलब्धी र प्रभावकारी कार्यान्वयनका लागि भइरहेका समस्याका बारेमा जानकारी गराएका थिए ।















