सामान्य अकंले बढ्यो शेयर बजार
वि.सं.२०८३ असोज १५ बिहीवार १५:२८
shares

काठमाडौं, १५ असोज । बिहिबार शेयर बजार सामान्य अकंले बढेको छ। शेयर बजार ०.२६ अंकले बढेर २५९९.१५ विन्दुमा बन्द भएको हो।
शेयर बजारमा १३९ कम्पनीको सेयर मूल्य बढेको छ भने १२८ वटाको घटेको छ। यस्तै, १२ कम्पनी स्थिर छन्। यसदिन ४ अर्ब ८९ करोड रूपैयाँ बढीको कारोबार भएको छ।
सामान्य अकंले बढेको शेयर बजारमा सिन्धु विकास बैंक लिमिटेडका लगानीकर्ताले सर्वाधिक कमाएका छन् । उक्त कम्पनीका लगानीकर्ताले १०.८१ प्रतिशतका दरले कमाएका छन् ।
त्यसैगरि सयपत्री हाइड्रोपावर लिमिटेडका लगानीकर्ताले सर्वाधिक गुमाएका छन् । उक्त कम्पनीका लगानीकर्ताले ९.६६ प्रतिशतका दरले गुमाएका छन् ।

















