Dhulikhel Eco Banner new

प्रिओपनमा ३० कित्ता कारोबारले घटायो ५ प्रतिशत शेयरमूल्य

1.4K
shares

काठमाडौं, १२ असोज । साताको पहिलो कारोबारदिन सोमबार प्रिओपनमा नेप्से परिसूचक सामान्य अंकले पोजिटिभ देखिएको छ । प्रिओपनमा समग्रमा बजार पोजिटिभ देखिदा केही कम्पनीहरुको मूल्य भने राम्रै घटेको देख्न सकिन्छ । त्यसमध्ये एक हो शिवश्री हाइड्रो पावार कम्पनी ।

शिवश्रीको शेयर मूल्य अघिल्लो साताको अन्तिम कारोबार २ सय ७ रुपैयाँमा बन्द भएको थियो । सोमबार प्रिओपनमा भने १९६ मा झरेको छ । यो ५ प्रतिशतको गिरावट हो । हेर्दा ठूलै गिरावट देखिए पनि वास्तवमा भने एक जना कारोबारकर्ताले मूल्य घटाएका हुन् ।

प्रिओपनमा जम्मा ३० कित्ता शेयर मात्रै कारोबार गरेर करिब ५ प्रतिशतको गिरावट गराइएको छ । शिवश्रीको जस्तै अन्य कम्पनीहरुमा पनि यस्तो कारोबार हुने गरेको छ ।