Dhulikhel Eco Banner new

आजदेखि १० दिनसम्म काठमाडौंका यी ठाउँमा काटिँदैछ बिजुली

624
shares

काठमाडौं, १५ असोज । नेपाल विद्युत प्राधिकरणले आज(बिहीबार) देखि १० दिनसम्मका मितिमा काठमाडौंका विभिन्न स्थानमा विद्युत आपूर्ति कटौती गर्ने जनाएको छ।

प्राधिकरणले कुलेश्वर, बानेश्वर, जोरपाटी र कीर्तिपुर वितरण केन्द्रअन्तर्गतका विद्युतीय वितरण लाइन भूमिगत गर्ने तथा हिउँदको लोड व्यवस्थापनका लागि काम गर्ने भएकाले विभिन्न फिडर अन्तर्गतका स्थानमा लोडसेडिङ हुने जनाएको हो।

प्राधिकरणका अनुसार असोज १५ देखि २६ असोजसम्म विभिन्न १० वटा फिडर अन्तर्गतका स्थानमा विद्युत आपूर्ति कटौती गरिने छ।

ती क्षेत्रमा बिहान १० देखि दिउँसो ३ बजेसम्म विद्युत आपूर्ति कटौती गरिने जनाएको छ।

यी स्थानमा हुँदैछ बिजुली कटौती:

असोज १५ गते सतुंगल फिडर(कुलेश्वर) बौथली चोक वरपरका क्षेत्र
असोज १६ गते मच्छेगाउँ दोभान चोक तथा खुसीचोक क्षेत्र
१७ गते मूलपानी क्षेत्र
१८ गते गुर्जुधारा क्षेत्र
२० गते मूलपानी फिडर अन्तर्गत बाबा चोक, मिलन चोक क्षेत्र

२१ गते बलम्बु खाद्डू खोला क्षेत्र
२२ गते कोटेश्वर–बालकुमारी क्षेत्र
२४ गते सिफल क्षेत्र
२५ गते सतुंगल धौलागिरि आवास क्षेत्र
२६ गते धोबीखोला क्षेत्र

मौसम प्रतिकूल भए उक्त मितिमा बिजुली कटौती नगरिने प्राधिकरणको भनाइ छ।