Dhulikhel Eco Banner new

घट्यो सुनको मूल्य, हेर्नुस् कतिमा हुदैछ कारोबार ?

611
shares

काठमाडौं, १९ असोज । स्थानीय बजारमा सोमबार सुनको मुल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार सुनको मूल्य ४ सयले घटेको छ ।

महासंघका अनुसार आइतबार प्रतितोला २ लाख ९१ हजार ९ सयमा कारोबार भएको सुन सोमबार घटेर २ लाख ९१ हजार ५ सयमा कारोबार भएको छ ।

त्यसैगरी, सोमबार चाँदीको मूल्य ४० रुपैँयाले बढेको छ । आइतबार ४ हजार ३ सय ९० रुपैंया मा कारोबार भएको चाँदी सोमबार ४ हजार ४ सय ३० रुपैंया मा कायम भएको हो ।