दसैँका लागि घर फर्किनेहरूको गोंगबु बसपार्कमा चहलपहल
वि.सं.२०८३ असोज २१ बुधवार १३:४४
572
shares
shares

काठमाडौं, २१ असोज । नेपालीहरूको महान् चाड दसैँ नजिकिएसँगै राजधानी काठमाडौँबाट गाउँघर फर्किनेहरूको चहलपहल बढ्न थालेको छ। काठमाडौँको गोंगबुस्थित नयाँ बसपार्कमा दसैँ मनाउन गाउँघर जाने सर्वसाधारणको भीड लाग्न थालेको हो। दसैँका लागि घर फर्किने सर्वसाधारणले बसको टिकट काट्न थालेका छन् भने नयाँ बसपार्कमा यात्रुहरूको आवागमनसमेत बढेको छ। दसैँ नजिकिँदै जाँदा राजधानीबाट बाहिरिने यात्रुको संख्या अझ बढ्ने देखिएको छ।

















