Dhulikhel Eco Banner new

सामान्य अकंले बढ्यो शेयर बजार, यी ५ कम्पनीले कमाए सर्वाधिक

715
shares

काठमाडौं, २६ असोज । सोमबार शेयर बजार सामान्य अकंले बढेको छ। शेयर बजार ४.०० अंकले बढेर २५९५.८१ विन्दुमा बन्द भएको हो।

शेयर बजारमा १०५ कम्पनीको सेयर मूल्य बढेको छ भने १६५ वटाको घटेको छ। यस्तै, ७ कम्पनी स्थिर छन्। यसदिन ४ अर्ब ४६ करोड रूपैयाँ बढीको कारोबार भएको छ।

सामान्य अंकले बढेको शेयर बजारमा धौलागिरी लघुवित्त वित्तीय संस्था लिमिटेडका लगानीकर्ताले सर्वाधिक कमाएका छन् । उक्त कम्पनीका लगानीकर्ताले १४.९९ प्रतिशतका दरले कमाएका छन् ।

त्यसैगरि स्नो रिभर्स लिमिटेडका लगानीकर्ताले १३.९२ प्रतिशतका दरले कमाएका छन् भने बुङ्गल हाइड्रो लिमिटेडका लगानीकर्ताले ४.७५ प्रतिशतका दरले कमाएका छन् ।

त्यसैगरि कामना सेवा विकास बैंक लिमिटेड ऋणपत्र २०८७ का लगानीकर्ताले ४.११ प्रतिशतका दरले कमाएका छन् भने सुपर माई हाइड्रोपावर लिमिटेडका लगानीकर्ताले ३.९८ प्रतिशतका दरले कमाएका छन् ।