सामान्य अकंले बढ्यो शेयर बजार, यी ५ कम्पनीले गुमाए सर्वाधिक
वि.सं.२०८३ असोज २६ सोमवार १५:२३
shares

काठमाडौं, २६ असोज । सोमबार शेयर बजार सामान्य अकंले बढेको छ। शेयर बजार ४.०० अंकले बढेर २५९५.८१ विन्दुमा बन्द भएको हो।
शेयर बजारमा १०५ कम्पनीको सेयर मूल्य बढेको छ भने १६५ वटाको घटेको छ। यस्तै, ७ कम्पनी स्थिर छन्। यसदिन ४ अर्ब ४६ करोड रूपैयाँ बढीको कारोबार भएको छ।
सामान्य अंकले बढेको शेयर बजारमा रिज लाइन इनर्जी लिमिटेडका लगानीकर्ताले सर्वाधिक गुमाएका छन् । उक्त कम्पनीका लगानीकर्ताले ६.२९ प्रतिशतका दरले गुमाएका छन् ।
त्यसैगरि ताक्सार पिखुवा खोला हाइड्रोपावर लिमिटेडका लगानीकर्ताले ५.४२ प्रतिशतका दरले गुमाएका छन् भने होटल फरेस्ट इन लिमिटेडका लगानीकर्ताले ४.०१ प्रतिशतका दरले गुमाएका छन् ।
त्यसैगरि नेपाल वेयरहाउजिङ कम्पनी लिमिटेडका लगानीकर्ताले ३.३१ प्रतिशतका दरले गुमाएका छन् भने त्रिशूली जलविद्युत कम्पनी लिमिटेडका लगानीकर्ताले ३.१४ प्रतिशतका दरले गुमाएका छन् ।


















