कुमारी बैंकको ५,२५४ कित्ता संस्थापक सेयर बिक्रीमा, विद्यमान संस्थापकलाई पहिलो प्राथमिकता
वि.सं.२०८३ असोज २७ मंगलवार १०:०७
shares

कुमारी बैंक लिमिटेडका केही संस्थापक सेयरधनीले आफ्नो स्वामित्वमा रहेको ५ हजार २ सय ५४ कित्ता संस्थापक सेयर बिक्रीमा राखेका छन्। नेपाल राष्ट्र बैंकको विद्यमान व्यवस्थाअनुसार यसरी बिक्रीमा राखिएको सेयर खरिद गर्ने पहिलो हक बैंकका हालका संस्थापक सेयरधनीहरूलाई नै प्रदान गरिएको छ।
उक्त सेयर खरिद गर्न इच्छुक विद्यमान संस्थापक सेयरधनीले सूचना प्रकाशित भएको मितिले ३५ दिनभित्र आफ्नो आवेदन पेस गरिसक्नुपर्नेछ। सेयरको बिक्री मूल्य भने बिक्रेताले तोकेबमोजिम नै तय हुनेछ। सेयर खरिदका लागि काठमाडौंको नक्साल, नागपोखरीस्थित सेयर रजिष्ट्रार कुमारी क्यापिटल लिमिटेड वा टंगालस्थित कुमारी बैंकको प्रधान कार्यालयमा पुग्ने गरी आवेदन दिन सकिने बैंकले जनाएको छ।
यदि तोकिएको ३५ दिने म्यादभित्र विद्यमान संस्थापकहरूबाट सेयर खरिदका लागि कुनै पनि आवेदन प्राप्त नभएमा भने उक्त सेयर संस्थापकभन्दा बाहिरका अन्य व्यक्ति वा संस्थालाई बिक्री गर्ने प्रक्रिया अघि बढाइने बैंकद्वारा जारी सूचनामा उल्लेख छ।


















