Dhulikhel Eco Banner new

खुँडा प्रहारबाट ज्येष्ठ नागरिकको हत्या, एक जना पक्राउ

468
shares

काठमाडौं, २७ असोज । मुगुको छायानाथ रारा नगरपालिका–५ का ७५ वर्षीया धनवीर कामीको धारिलो हतियार प्रहारबाट मृत्यु भएको छ ।
जिल्ला प्रहरी कार्यालय मुगुका प्रहरी नायब उपरीक्षक रविराज थपलियाका अनुसार स्थानीय ३२ वर्षीय अजविर कामीले धनवीरमाथि खुँडा प्रहार गरेका थिए।घाइते भएका उनको उपचारका लागि जिल्ला अस्पताल लैजाने क्रममा बाटोमै निधन भएको हो।

खुँडा प्रहार गरी फरार रहेका अभियुक्तलाई रारा राष्ट्रिय निकुञ्जको जङ्गलबाट प्रहरीले आजै पक्राउ गरिसकेको उनको भनाइ छ। प्रहरीका अनुसार घटनाको अनुसन्धान भइरहेको तथा मृतकको शव परीक्षणका लागि जिल्ला अस्पतालमा लगिएको छ।