बेनी हाइड्रोपावरको सेयर दोस्रो बजारमा कारोबारका लागि बाटो खुल्यो
वि.सं.२०८३ असोज २७ मंगलवार ११:५९
shares

काठमाडौं, २७ असोज । बेनी हाइड्रोपावर प्रोजेक्ट लिमिटेडको सेयर बुधबारदेखि नेपाल स्टक एक्सचेन्ज (नेप्से) को दोस्रो बजारमा कारोबारमा आउने भएको छ । कम्पनीको आईपीओ मंगलबार नेप्सेमा सूचीकृत भएसँगै सेयर कारोबारको बाटो खुलेको हो ।
नेप्सेमा कम्पनीको प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका कुल १ करोड ४ लाख कित्ता सेयर सूचीकृत भएका छन् । सूचीकृत सेयरमध्ये संस्थापकतर्फको ८३ लाख २० हजार कित्ता र सर्वसाधारणतर्फको २० लाख ८० हजार कित्ता रहेका छन् ।
कम्पनीको कारोबार संकेत ‘द्यभ्ल्ज्’ रहेको छ । पहिलो कारोबारका लागि नेप्सेले प्रतिकित्ता न्यूनतम ९१ रुपैयाँ २७ पैसादेखि अधिकतम २७३ रुपैयाँ ८१ पैसासम्मको मूल्य सीमा तोकेको छ ।
बुधबार प्रि–ओपनिङ सत्रमा तोकिएको मूल्य सीमाभित्र कारोबार भएमा कम्पनीको सेयर नियमित कारोबार सत्रमा प्रवेश गर्नेछ ।
बेनी हाइड्रोपावरले गत भदौ २२ देखि २६ गतेसम्म सर्वसाधारणका लागि आईपीओ निष्कासन गरेको थियो । उक्त आईपीओ असोज ५ गते बाँडफाँट गरिएको थियो ।


















