Dhulikhel Eco Banner new

नुवाकोटको फलाखु खोलास्थित नवनिर्मित मोडुलर (एक्रो) पुल

442
shares

काठमाडौं, २७ असोज । नुवाकोटको बेत्रावतीस्थित फलाखु खोलामा मोडुलर (एक्रो) पुल निर्माण सम्पन्न भएको छ । नेपाली सेना र सडक विभागको संयुक्त सहकार्य तथा विदुर नगरपालिकाको सहयोगमा उक्त पुल निर्माण गरिएको हो।

असोज २० गतेदेखि निर्माण सुरु गरिएको उक्त पुल निर्धारित समयमै असोज २५ गते सम्पन्न भएको सूचना बोर्डमा उल्लेख छ । सो पुलको लम्बाइ ७३.२ मिटर र चौडाइ ५.५ मिटर रहेको छ । अधिकतम भारवहन क्षमता ४० टन रहेको यो पुल सञ्चालनमा आएसँगै यस क्षेत्रको आवागमन तथा ढुवानी थप सहज र सुरक्षित हुने भएको छ ।